पेट्रोलियम पदार्थको मूल्य घट्यो

0
Shares

काठमाडौँ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल २ रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ घटाइएको हो ।

मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७० र डिजेल/मट्टीतेल प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ । नयाँ मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ ।

तर निगमले ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखेको छ । हाल ग्यास प्रतिसिलिन्डर १८ सय ९५ रुपैयाँ छ ।