नेपाली क्रिकेटलाई सहयोग गर्न तयार छाैं- महाराष्ट्रका उपमुख्यमन्त्री 

0
Shares

 मुम्बई। 

 भारतको महाराष्ट्र प्रदेशका  उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले नेपाली क्रिकेटकाे विकासमा आवश्यक सहयोग गर्न तयार रहेकाे बताएका छन् । स्वतन्त्र युवा प्रजातान्त्रिक संघकाे संयाेजनमा भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरुकाे प्रतिनिधि मण्डलसँगकाे भेटमा उनले नेपाली क्रिकेटरहरुलाई मुम्बईमा प्रशिक्षण,व्यावसायिक क्रिकेटमा अवसर दिन सकिने बताएका हुन् ।

`नेपाल क्रिकेटसंघ (क्यान)ले उपर्युक्त प्रस्ताव ल्याएमा क्रिकेटमा दुई पक्षीय प्रतिस्पर्धा गर्न सकिन्छ´, उनले भने ।  नेपाली पत्रकारहरुले छलफलका क्रममा नेपाल भारत सम्बन्ध, मुम्बईमा रहेका श्रमिक नेपालीहरुकाे अवस्था लगायतका विषयमा चासाे राखेका थिए ।
नेपाली पत्रकारहरुले उठाएको विषयमा उपमुख्यमन्त्री फडणवीसले सकारात्मक रुपमा लिएको  भ्रमणमा रहेका नेपाल प्रस युनियनका उपाध्यक्ष नकुल अर्यालले जानकारी दिए ।