नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालत पाटनमा सुनुवाइ सकियो, भोलि निर्णय आउने

0
Shares

काठमाडौँ।

उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि सुरु भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा आज सुनुवाइ सकिएको हो। भोलि निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

जिल्ला अदालत काठमाडौँले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले शुक्रबार निर्णय सुनाउने भएको हो ।