डिसेम्बर २ मा सोल्टी होटलमा क्रिसमस बजार

अमेरिकी राजदूत पत्नीले उद्घाटन गर्ने 

0
Shares

काठमाडौँ।

आगामी डिसेम्बर २ मा  सोल्टी होटल काठमाडौँ मा एक विशेष क्रिसमस बजार आयोजना हुने भएको छ । एवन बजारको रुपमा विगत चार दशक बर्ष देखि एक्टिभ उमन अफ नेपाल (एवन) ले सञ्चालन गर्दै आएको यो एक किसिमको च्यारीटेबल सेलिब्रेसन पनि हो ।टर्किस एअरलाइन्स, नेपाल एअरलाइन्स, डाबर नेपाल, काल्र्सवर्ग तथा रुपिज् इन्टरनेशनल स्कूल प्रयोजक रहेको एवन बजारको उद्घाटन भने अमेरिकी राजदूत की श्रीमती जेन क्रिल थोम्पसनले गर्दैछिन्, उनी एवन कि अनररी प्रेसिडेन्ट समेत हुन् ।

विभिन्न किसिमका एक सय भन्दा बढी स्टल रहने एवन बजारमा विभिन्न स्टार्टअपस् कम्पनी, अर्गानिक पोडक्टस्, विभिन्न किसिमका स्थानीय उत्पादनहरु, फेसनवेयर, ट्राभल लगायतका स्टलहरु रहनेछन् । विभिन्न क्षेत्रका प्रभावशाली ब्याक्तिले आफ्नो रुचीका आधारमा गरेका काम र उत्पादनलाई विशेष प्राथमिकता दिइने एवन बजारबाट संकलित रकम समेत एवनका च्यारीटेबल कार्यहरुमा खर्चिंने गरिएको छ । ७५ बर्ष अगाडि अमेरिकन एम्बेसीमा कार्यरत महिला तथा एक्स्प्याट्स्ले संचालनमा ल्याएको एक्टिभ उमन अफ नेपाल देशकै पुरानो परोपकारी संस्था मध्ये एक हो । जुन समय सँगै अमेरिकन एम्बेसीमा सिमिन नभएर नेपालमा बसोबास गर्ने एक्स्प्याट र नेपाली एक्टिभ उमनको साझा संस्था बन्न पुगेको हो ।

एवनले आफ्ना सहयोगी हातहरु निरन्तर अगाडि बढाउँदै आएको छ । भूकम्प होस् या कोभिड एवन अहोरात्र खटिँदै आएको छ भने विभिन्न क्षेत्रमा गएर संस्थाले सकेको सहयोग निरन्तर गर्दै आएको छ । एवनकी अध्यक्ष बाबा सरकार श्रेष्ठ भन्छिन्, “देशको जुनसुकै आवश्यकतामा एवन सक्रिय भएर लाग्ने गरेको छ, हालै जाजरकोटमा गएको विनासकारी भूकम्पमा समेत एवनले सक्रियता पूर्वक राहत सामग्री संकलन तथा वितरणका  लागि काम गरिरहेका छौँ ।“ उनी थप्छीन, “हामीले सयौं छात्रबृत्ती, ग्रामीण महिलालाई सेनिटरी प्याड वितरण, बृद्धाश्रम तथा बालगृहलाई सहयोग गर्ने लगायतका कार्यहरु गर्दै आएका छौँ ।“

एवन बजारमा प्रवेश निःशुल्क रहेको छ भने बिहान नौ बजे देखी साँझ ६ बजे सम्म चल्ने बजार राजदूत पत्नी जेन ले बिहान दश बजे उद्घाटन गर्नेछिन् ।बालबालिकाका लागि आकर्षक गेमिङ्ग जोन समेत यहाँ रहने छ । यस्तै एवन बजारमा जाजरकोट भूकम्प पिडितको राहत संकलनका लागि फेडेरेसन अफ उमन एन्टरप्रेनर्स एसोसिएसन अफ नेपाल र जोन्टा क्लब संगको सहयकार्यमा राहत संकलन गर्ने ठाउँ समेत छुट्याईएको छ । जाजरकोटका भूकम्प पीडितलाई राहत सामग्री दिन मन हुनेले एवन बजारमा जुनसुकै नयाँ वा पुराना सामाग्री राहत स्वरुप लिएर आइदिन समेत एवनले हार्दिक आग्रह गरेको छ ।