भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाइने

0
Shares

काठमाडौं ।

सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितका आवास निर्माणका लागि सुरक्षाकर्मीलाई खटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

जिल्लामा जनशक्ति अपुग भएमा प्रमुख जिल्ला अधिकारीको मागको आधारमा थप जनशक्ति उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

कात्तिक १७ गते राति बारेकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति भएको छ ।