कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा चारजना मनोनीत

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा चारजना मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समिति सदस्यमा दीलिप ढुंगाना (धनुषा) डा. डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली) लाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

मुख्यसचिव पौडेलका अनुसार सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३९ तथा कांग्रेसको नियमावली २०७६ को नियम ३४ (१) को व्यवस्था बमोजिमको सदस्य मनोनयन गरेका हुन् ।