वडाध्यक्ष श्रेष्ठलाई मातृशोक

0
Shares

काठमाडाैं ।

काठमाडौं महानगरापालिका वडा नम्वर १४ का अध्यक्ष एवं नेपाली कांग्रेसका महासमिति सदस्य सुमन श्रेष्ठलाई मातृ शोक परेको छ ।

२००५ साल साउन ५ गते काठमाडौंमा जन्मनु भएकी सूर्जमाया श्रेष्ठको आइतबारराति निधन भएको हो ।

लामो समयदेखि अल्जाइमर, फोक्सो र डेमेन्सिया रोगबाट ग्रसित श्रेष्ठको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्व.श्रेष्ठका वडाध्यक्ष श्रेष्ठ सहित दुई छोरा र एक छोरी हुनुहुन्छ । स्व.श्रेष्ठको आइतबार राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।