भूकम्प प्रभावित जाजरकोटमा चिसोबाट सुत्केरीको मृत्यु

0
Shares

काठमाडौं ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा चिसोबाट एक सुत्केरी महिलाको मृत्यु भएको छ । भूकम्पले घर भत्काएपछि त्रिपालमुनि बस्दै आएकी जिल्लाको नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोका कारण मृत्यु भएको हो ।

 प्रहरीका अनुसार चदाराले एक महिना अघिमात्र छोरीलाई जन्म दिएकी थिइन् । त्रिपालमुनि बस्दै आएकी सुत्केरीको चिसोका कारण कठ्यांग्रिएर गएराति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जाजरकोटमा भूकम्पपछि चिसोबाट मृत्यु हुनेको संख्या हालसम्म १२ जनाको मृत्यु भइसकेकाे प्रहरीले जनाएकाे छ  ।