एनआईसी एसिया लघुवित्त शाखा कार्यालय इटहरीले दियो प्रहरी चौकीलाई फलैचा

0
Shares

इटहरी  ।

एनआइसी एशिया लघुबित्त वित्तीय संस्थाको इटहरी शाखाले स्थानीय प्रहरी चौकीलाई दुई थान रेडिमेड फलैचा प्रदान गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआईसी एसिया लघुवित्त वित्तीय संस्था शाखा प्रमुख मुरारी लम्सालले सामाजिक कार्य आफ्नो संस्थाले धेरैपटक सहकार्य गर्दै आएको बताउनुभयो ।

त्यस्तै प्रहरी चौकीका इन्चार्ज राम कुमार माझीले एनआईसी एसियाप्रति आभार प्रकट गर्नुभयो । छलफलमा आएका सर्वसाधरणलाई बस्न ठाउँ अभाव भइरहेका बेला एनआईसी एसियाले बितरण गरेको फलैंचाले थप टेवा पुग्ने उहाँको विश्वास छ ।