आइतबार सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?

0
Shares

काठमाडौं ।

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले वृद्धि भएको जानकारी दिएको छ ।

आजका लागि छापावल सुनको मूल्य एक लाख १६ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख १६ हजार ३५० र चाँदीको मूल्य एक हजार ४८५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार एक लाख १६ हजार ३ सय रुपैयाँमा छापावल सुन, एक लाख १५ हजार ७५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै शुक्रबार एक हजार ४ ५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।