उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना


काठमाडौं ।

पश्चिमी वायुको आंशिक प्रभावले आज उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी पहाडी भू-भागमा आंशिक बदली र तराईमा आंशिक बदलीदेखि मौसम सामान्यतस् सफा रहनेछ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भइ उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातक सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि (सोमबार) सामान्यदेखि आंशिक बदली भई सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा हल्का वर्षा हुनेछ । महाशाखाकाअनुसार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हिमपात हुनेछ ।

राति सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना छ ।