आफ्नै बुवाको हत्या गरी फरार दावा पक्राउ

0
Shares

सिन्धुली ।

आफ्नै बुवाको हत्या गरी फरार भएका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका एक युवालाई प्रहरीले बिहीवार पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका वडा नं. १ शिखरडाडाँका ३२ वर्षीय दावा घिसिङ पक्राउ परेका हुन् ।

गएको मंसिर ६ गते बुधवार राती आफ्नै बुवा ७२ बर्षका बुद्धिमान घिसिङलाई फलामको रडले टाउकोमा हिर्काउदा बुवाको घटनास्थलमै ज्यान गएपछि उनी फरार भएका थिए ।

फरार घिसिङलाई खोज तलासको क्रममा इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीको टोलीले सर्लाहीको बागमती नगरपालिका ११ र रौतहट चन्द्रनिगाहापुर नगरपालिका १ नुनथर ड्यामको सिमानाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ परेका घिसिङलाई ईलाका प्रहरी कार्यालय कपिलाकोटको टोलीले सिन्धुली ल्याएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिए ।