शान्तिपुर्ण प्रदर्शनमा घुसपैठ, प्रसाईका एक समर्थक गम्भीर २६ घाइने

0
Shares

काठमाडौं । 

दुर्गा प्रसाईको समर्थक बल्खु छाडेर कालिमाटी हुने निषेधित क्षेत्र जान लागेपछि अवस्था तनावग्रस्त भएको छ ।

प्रसाईंका समर्थक र प्रहरीबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् । सो झडपमा २६ जना घाइते भएका छन् । बल्खु चोकबाट कालिमाटीतर्फ जान लाग्दा प्रसाई पक्षका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेको थियो ।

दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष मण्डलका सदस्य एवं संगठन तथा कार्यक्रम विभाग प्रमुख हरी कार्कीले शान्तिपुर्ण आन्दोलनमा घुसपैठ भएको आरोप लगाए । प्रदर्शनको क्रममा प्रहरीले अत्यधिक दमन गरेको उनको आरोप छ ।

झडपको क्रममा घादिङका चिरिञ्जिवी बस्नेत गम्भीर घाइते भएका छन्  । झडपको क्रममा २६ जना कार्यकर्ता घाईते भएको कार्कीको भनाई छ । उनले भोलिको आन्दोलनको स्वरुपको विषयमा केहीबेरपछि पत्रकार सम्मेलन गरी जानकारी दिइने बताए  ।