राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

0
Shares

काठमाडौँ ।

  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता  भएकाे छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएकाे उनका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिए ।

सो अवसरमा उहाँहरुबीच समसामयिक विषयमा समेत छलफल भएको थियो ।