विभिन्न मुद्दाका छ जना फरार प्रतिवादी पक्राउ


उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको विभिन्न प्रहरी इकाइहरुले जिल्ला अदालत उदयपुरबाट दण्ड सजाय तोकेका ६ जना फरार प्रतिवादीहरुलाई मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार पक्राउ परेका फरार प्रतिवादीहरुमा ज्यान मार्ने उद्योग मुद्दा, सवारी ज्या मुद्दा, वन मुद्दा र कुटपिट मुद्दाका रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार ज्यान मार्ने उद्योगमा जिल्ला अदालत उदयपुरले ४ वर्ष ११ महिना कैद सजाय तोकेका चौदण्डीगढी नगरपालिका २ बस्ने वर्ष ३१ को मान बहादुर कालिकोटे रहेका छन् ।

सवारी ज्यान मुद्दामा १ वर्ष ११ महिना ८ दिन कैद सजाय तोकिएका चौदण्डीगढी १ का २१ वर्षिय परिवर्तित नाम १४ं-४- १ (ब्) रहेका छन् । वन मुद्दाका १८ दिन कैद सजाय तोकिएका त्रियुगा नगरपालिका ७ का ५३ वर्षिय प्रकाश दनुवार, सोही मुद्दाका सोही ठाउँका ४५ वर्षिय सन्त बहादुर दनुवार रहेका छन् ।

यसै गरी कुटपिट मुद्दाका रु.सय सजाय जरिवाना तोकिएका चौदण्डीगढी नपा ९ का २६ वर्षिय चोकमान तामाङ र सोही मुद्दाका सामान जरिवाना सजाय तोकिएका सोही ठाउँका ३३ वर्षिय मरिचमान तामाङ रहेको जिल्ला प्रहरी कायाृल्य उदयपुरले जनाएको छ ।