बालुवाटारमा प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच छलफल

0
Shares

काठमाडौँ।

शीर्ष तीन दलका नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अधयक्ष केपी शर्मा ओली सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफल शान्ति सम्झौता र त्यसका बाँकी कामको विषयमा केन्द्रीत रहेको बताइएको छ । आज सरकार र तत्कालिन माओवादी केन्द्रबीच शान्ति सम्झौता भएको १७ वर्ष पुगेको हो ।