रोक लगाएको औषधी बिक्री गर्दा फार्मेसी सञ्चालक पक्राउ



पोखरा। 

पोखरा–९, नागढुंगामा रहेको नीति नियम फार्मेसीका सञ्चालक धुर्व शर्मा पक्राउ परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषधी विभागले अस्पतालका फार्मेसी बाहेक बाहिर बिक्री वितरणका लागि रोक लगाएको औषधी  टापेन्टाडोल बिक्री गर्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा बैदाम प्रहरीले उनलाई पक्राउ गरी थप कारबाहीका लागि औषधी व्यवस्था विभाग काठमाडौँ पठाइएको छ ।

औषधी कानुन अनुसार टापेन्टाडोल विशेष प्रकृतिको दवाई हो । लागु औषधका रुपमा ड्रगिसहरुले अनुचित प्रयोग गर्ने गरेकोले सो को नियन्त्रणका लागि औषधी व्यवस्था विभागले टापेन्टाडोल नामक (नार्कोटिक) औषधीलाई सरकारी वा निजि अस्पतालका आफ्नै फार्मेसीहरु भित्र मात्र लगत अभिलेख राखेर भण्डारण गर्ने र चिकित्सकको प्रेस्किप्सन लेखि आएमा मात्र बिरामीलाई खुवाउन बिक्री गर्ने छुट छ ।

यस बारेमा औषधी व्यवस्था विभागको २०८०-०५-२४ गतेको निर्णय अनुसार ट्रापेन्टाडोल औषधी बिक्री वितरण सम्बन्धि निर्देशनात्मक परिपत्र जारी गरेको थियो ।

 उक्त पत्र अनुसार टापेन्टाडोल नार्कोटिक (लागू औषध) हो।  तर, पोखराको नीति नियम फार्मेसीले नियम विपरीत डाक्टरको सिफारिस विना ड्रग एडिकहरुलाई महँगोमा बिक्री गर्दै आएको खुलेको छ । उक्त फार्मेसीबाट १० चक्की भएको ४ फाइल अर्थात् ४० चक्की बिक्री गर्दै गरेको अवस्थामा प्रहरी टोलीले रंगेहात पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्