टिकटक प्रतिबन्धरुद्धको रिटमा आजबाट सुनुवाइ हुने

0
Shares

काठमाडौँ। 

टिकटकमाथि लगाएको प्रतिवन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनवाइ हुने भएको छ ।

 बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा सोमवारका लागि पेशी तोकिएको थियो । जसअनुसार सो प्रतिबन्ध खुलाउन माग गर्दै दायर रिट माथि आजबाट सुनवाइ हुन लागेको हो ।

 हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाए पछि अदालत खुलेको पहिलो दिन अर्थात् मङ्सिर १ गते सर्वोच्च अदालतमा कयौं रिट निवेदन परेको थियो । उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि मङ्सिर ४ गतेका लागि पहिलो पेशी तोकिएको अदालतले जानकारी दिएको थियो ।

 शनिवार तथा आइतबार छठ पूजाको सार्वजनिक बिदा भएकाले सोमबारलाई पेशी तोकिएको हो ।

 सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियत पूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् ।