ललितपुरमा मात्रै ६७ जना जुवाडे पक्राउ 

३३ लाख भन्दा बढी रकम बरामद

0
Shares

ललितपुर ।

ललितपुर प्रहरीले दसैँ र तिहारमा ६७ जना जुवाडेलाई पक्राउ गरेको छ।  सोही आवधिमा प्रहरीले जुवाडेबाट ३३ लाख २२ हजार बढी रकम बरामद गरेको छ ।

ललितपुर प्रहरीले गरेको विशेष छापाको क्रममा दसैँ र तिहारमा जुवातास खेल्नेबाट ३३ लाख २२ हजार रुपैयाँ बरामद गरेका हो ।

सोही क्रममा  ६७ जना जुवाडेलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन् । उनका अनुसार पारिवारिक मनोरञ्जनबाहेक पैसाका खाल जमाएर जुवातास खेल्ने समूहमा छापा मार्दा पाँच दर्जन बढी पक्राउ गरिएको हो ।

यसरी पक्राउ पर्नेमा ५१ जना पुरुष र १६ जना महिला रहेका छन् ।