बस र कार ठोक्किँदा ५ जनाको मृत्यु, ८ घाइते

0
Shares

एजेन्सी।

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको फैसलाबाद जिल्लामा आइतबार बस र कार एक आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सो घटनामा अन्य आठ जना घाइते भएको पनि उद्धार सेवाले जनाएको छ।

यात्रुवाहक बसले लिंक रोडबाट आएको कारलाई ठक्कर दिँदा खुर्रियावाला सडकमा दुर्घटना भएको उद्धार सेवाले जनाएको छ ।

ठोक्किएपछि बसले सडकको डिभाइडर पार गरेर सडकको अर्को छेउमा रहेको ट्याक्टरको ट्रलीलाई ठक्कर दिएको थियो । त्यसपछि सडकको छेउमा रहेको होटलमा ठोक्किएर कारमा सवार चारजना र बस चालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
दुर्घटनालगत्तै घाइते पाँच जना यात्रुलाई अस्पताल लगिएको छ ।

दुर्घटनाग्रस्त बस पञ्जाबको प्रान्तीय राजधानी लाहोरबाट उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहिस्तान जिल्ला जाँदै थियो।