डोटीमा जीप दुर्घटना, दुईजना घाइते

0
Shares

दिपायल।

 डोटीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। आइतबार बोगटानबाट दिपायल आउँदै गरेको जिप केआइ सिंह गाउँपालिका-५ बुहारगाउँ स्थित दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार सुपप्र ०३००१ ज ०००५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ३० वर्षीय चालक टेक भाट र जिपमा सवार बोगटान फुड्सिल गाउँपालिका-२ का अन्दाजी १९ वर्षीय वीरेन्द्र बोहरा घाइते भएका छन्। जिपमा चालक र एक जना यात्रु मात्रै सवार थिए।

घाइतेहरूको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। जिप सडकबाट अन्दाजी ६० मिटर तल खसेको थियो। जिप ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।