म्यान्मारमा भीषण आगलागी हुँदा ६० भन्दा बढी घरमा क्षति

0
Shares

एजेन्सी।

म्यानमारको उत्तरी प्रान्त काचिनमा मङ्गलबार भएको भीषण आगलागीमा परी ६३ घर जलेर नष्ट हुनुका साथै करिब ३०३ जना विस्थापित भएको म्यानमार डिजिटल न्यूजले जनाएको छ ।

खुनलानफु शहरको शेन हकावन गाउँमा मङ्गलबार बिहान आगलागी भएको सञ्चारमाध्यमले जनाएका छन् ।

सेना र स्थानीय बासिन्दाले घण्टौँ लामो प्रयासपछि बिहान ५ बजेसम्ममा आगो निभाउन सफल भएका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन । गाउँका एक स्थानीय बासिन्दाले मङ्गलबार सिन्ह्वालाई दिएको जानकारीअनुसार गाउँलेहरूले चीसोमा ताप्न सल्काएको आगोबाट आगलागी सुरु भएको थियो ।