१ करोड १७ लाखको कारोबार गर्दै सकियो गोदावरी मेला

४५ हजारले गरे अवलोकन

0
Shares

काठमाडौँ।

ललितपुरको जावलाखेलमा गत मंगलवारदेखि जारी गोदावरी फूल मेला आइतबार सकिएको छ । आइतवारसम्म लम्ब्याइएको उक्त मेलामा १ करोड १७ लाखको कारोबार भएको छ ।

आइतबार मेलामा टिकट विक्रीबाट उठेको रकमको ५० प्रतिशत रकम जाजगरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि उपलब्ध गराइने एसोसिएसनले जनाएको छ ।

एसोसिएन मुख्य आयोजक तथा पुष्प विकास केन्द्र सह आयोजक रहेको प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको सहयोग रहेको थियो भने सेवा कोकोपिटले प्रयोजन गरेको थियो ।

प्रदर्शनीमा व्यावसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल २, फ्लावर सजावट स्टल २ र सूचनामूलक ५ लगायत गरी ७० वटा स्टल रहेका थिए । यस गोदावरी फूलको प्रदर्शनीमा ४५ हजार बढिले प्रत्यक्ष अवलोकन गरेको साथै एक करोड १७ लाख बढीको व्यावसायिक कारोबार भएको आयोजकले जनाएको छ ।

आइतबार मेलाको अन्तिम दिन पूर्व उपप्रधानमन्त्री तथा  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा , ललितपुर महानगर पालिकाकी उपप्रमुखले पनि मेला अवलोकन गर्दै व्यवसायीहरूका समस्यारुकाबारे जानकारी लिएका थिए ।

मेलाको अन्तिम दिन पनि सर्वसाधारण तथा फूलपारखीहरुको बाक्लो उपस्थिति रहेको थियो ।