खजे दुराको सम्मानमा राज्य स्वयंले खोजी गर्नु पर्छ : नगरप्रमुख कोइराला 

0
Shares

लमजुङ। 

 लमजुङमा शाहवंशीय राज्य स्थापनाका लागि पाल्पाबाट राजा बोकेर ल्याएका दुराडाँडाका खजे दुराको स्मरण गर्दै विभिन्न कार्यक्रम भएको छ । सुन्दरबजार नगरपालिका ३ चिहानपाटास्थित खजे पार्कमा मंगलबार आयोजित ४८ औँ खजे दुरा स्मृति दिवसका अवसरमा दुरालाई स्मरण गर्दै विभिन्न कार्यक्रम गरिएको हो। कार्यक्रम सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा भएको हो ।

 कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि कोइरालाले खजे दुराको योगदानका कारण दुराडाँडा मात्रै नभई सिंगो सुन्दरबजार नगरपालिकाले नै गर्व गर्ने मौका मिलेको बताए । उनको योगदानको कदर र सम्मानमा राज्य स्वयंले नै चासोका साथ खोजी गर्नुपर्ने बताउँदै यस क्षेत्रको विकासका लागि पालिकाले सक्दो प्रयास गर्ने बताए ।

कार्यक्रममा सुन्दरबजार नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अमृत न्यौपानेले ऐतिहासिक विर पुरुषका रुपमा मानिने खजे दुरालाई स्मरण गर्दै उनको योगदान महत्पूर्ण रहेको बताए । दुराडाँडाको नामकरण पनि खजे दुराका कारण भएको उनको भनाई छ । खजे दुरालाई राज्यले राष्ट्रिय विभुतिका रुपमा समेटिनु पर्ने अध्यक्ष न्यौपानेले बताए । खजे दुराको सम्झनामा निर्माण गरिएको खजे दुरा पार्कलाई अझ व्यवस्थित गनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा  सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेशकान्त अधिकारीले  विद्यालयको क्यालेन्डरमा नै खजे दुरा जयन्ती उल्लेख गरि उहाँले  शाख वंम्शीय राज्य एवं नेपाल एकीकरणमा उहाँको योगदानको महत्वको बारेमा जानकारी दिएका थिए  ।

स्मृति दिवसका अवसरमा  नेपाल एकीकरणमा खजे दुराको ऐतिहासिक योगदानका बारेमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको छ । उक्त प्रतियोगितामा ३ वटा विद्यालयको सहभागिता रहेको थियो । सहभागी विद्यार्थीहरुलाई प्रमाण पत्र र नगद प्रदान गरिएको छ ।

दुरा सन्ततिले खजे दुरालाई ऐतिहासिक बीर पुरुषको सम्मान दिँदै स्मरण गर्दै आएका छन् । दुरा र उनको समूहले विक्रम सम्वत १५५० को असार १५ गते रविबारका दिन पाल्पाबाट कास्की हुँदै लमजुङ ल्याए जशमू शाहालाई राजगद्दी गराएको ऐतिहासिक लेखोटहरुमा उल्लेख गरिएको छ ।

खजेपार्क संरक्षण समितिको अध्यक्ष देविजङ दुराको अध्यक्षतामा भएको कार्यक्रममा दुरा सेवा समाजका केन्द्रीय अध्यक्ष सुरेश दुरा, दुराडाँडा सेवा समाजका अध्यक्ष देवि प्रसाद न्यौपाने, दुरा सेवा समाजका केन्द्रीय उपाध्यक्ष भिमबहादुर दुरा, केन्द्रीय सचिव प्रेमबहादुर दुरा, विश्व हिन्दु महासंघ लमजुङका उपाध्यक्ष धुव्र दुरा, सदस्य बसन्ती दुरा, उपाध्यक्ष बसन्ती दुरालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव ओमशिरिष दुराले गरेका थिए  थियो ।