गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी गुरुयोजनालाई पूर्णता दिन प्रेरणा

0
Shares

काठमाडौं । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी गुरुयोजनालाई पूर्णता दिई विश्वको महत्वपूर्ण गन्तव्यको रूपमा प्रर्वद्धन गर्न फेरि एकचोटी विश्वको ध्यान खिचेको छ ।

सन् १९७८ मा शुरू भएको लुम्बिनी विकासको गुरुयोजनाको ८० प्रतिशतभन्दा बढी काम पूरा भइसकेको स्थितिमा यो भ्रमणले लुम्बिनीलाई विश्व शान्तिको लागि एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास गराउनुका साथै बुद्धको शान्ति सन्देशको प्रचारप्रसार गर्न टेवा पु¥याउने विश्वास लिइएको छ ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले संयुक्त राष्ट्रसंघ र लुम्बिनीको सम्बन्धलाई पुनः स्मरण गर्ने र त्यस क्रममा कोरिएको लुम्बिनी गुरुयोजनालाई पूर्णता दिन अझ प्रेरित गर्नेे विश्वास व्यक्त गर्नुभयो । लुम्बिनीको विकास र प्रचारप्रसारमा संयुक्त राष्ट्रको भूमिका ५६ वर्ष अघिदेखि निरन्तर जोडिँदै आएको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘महासचिव गुटेरेसको सोमबारको भ्रमण र भ्रमणका क्रममा व्यक्त चासोलाई यही पृष्ठभूमिमा हेर्नुपर्ने हुुन्छ ।’

भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी भ्रमण गर्ने महासचिव गुटेरेस ऊ थान्तपछिको संयुक्त राष्ट्र संघका पा“चौं महासचिव हुनुहुन्छ । राष्ट्रसंघ तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ अप्रिलमा लुम्बिनी भ्रमण गर्नुभएको थियो । नेपालले सन् १९५५ मा संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको थियो भने सन् १९५९ मार्चमा तत्कालीन राष्ट्रसंघका महासचिव ड्याग ह्यामर्सोल्ड नेपाल भ्रमणमा आउनुभएको थियो । राष्ट्रसंघका तेस्रो महासचिव ऊ थान्त अघि महासचिव ड्याग ह्यामर्सोल्डले लुम्बिनी भ्रमण गरेको भए पनि लुम्बिनी र संयुक्त राष्ट्रको सम्बन्धको सन्दर्भमा महासचिव ऊ थान्तको नाम भने बढी सम्झिने गरिएको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकास र प्रचारप्रसारका लागि तत्कालीन महासचिव ऊ थान्तलेको लुम्बिनी भ्रमण कोशेढु साबित भएको थियो ।

बुद्ध धर्मका अनुयानी तथा बर्माका कूटनीतिज्ञसमेत रहेका ऊ थान्तकै पहलमा बुद्ध जन्मस्थलको विकासको लागि एउटा अन्तर्राष्ट्रिय समिति गठन गरिएको थियो । विभिन्न १५ देशका प्रतिनिधिहरू सदस्य रहेको त्यस्तो अन्तर्राष्ट्रिय समिति गठन भएपछि मात्र लुम्बिनी विश्वमा राम्ररी परिचित हुन पुगेको थियो । त्यसपछि लुम्बिनीको योजनाबद्ध विकास र प्रचारप्रसारको कार्य थालनी भएको थियो ।

ऊ थान्तकै अग्रसरतामा लुम्बिनी विकासको गुरुयोजना बनाई तत्कालीन राजा महेन्द्रसँग छलफल गरी लुम्बिनी विकास योजनालाई अन्तर्राष्ट्रियकरण गरी विकास गर्ने निधो भएको हो । उहाँकै प्रयासमा लुम्बिनी विकास योजनालाई संयुक्त राष्ट्रसंघको योजनाका रूपमा विकास गर्ने घोषणा भएको थियो । उहाँले लुम्बिनीको योजनाबद्ध विकास गर्न रायसल्लाह दिन एलिहिन र मत्सुहितालाई लुम्बिनी पठाउनुभएको थियो । थान्तकै पहलमा प्रा. केन्जो टांगेले पेस गरेको गुरुयोजनाको अवधारणालाई संयुक्त राष्ट्रसंघले पारित गरेर कार्यान्वयनमा ल्याएको हो ।

लुम्बिनीको विकासक्रम देखेका पुराना अभियानकर्मी एवं विज्ञहरूका भनाइमा ऊ थान्त लुम्बिनी आउँदा बुद्ध जन्मस्थल अहिलेजस्तो थिएन । खेतमा मायादेवीको मन्दिर थियो । उक्त दृश्य देखेर ऊ थान्त खिन्न हुनुभयो र उहा“ त्यहा“बाट फर्किएपछि निरन्तर लुम्बिनीको विकासमा लागि पर्नुभएको थियो । वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीका अनुसार त्यो भ्रमणले लुम्बिनी विकासको एउटा बाटो भने तय गर्न सफल भएको थियो । यसअघि त्यहाँ बाटोघाटो पनि थिएन । उहा“कै आग्रहमा पछि तत्कालीन राजा महेन्द्रले पाहुना घर बनाउनुभएको थियो ।

लुम्बिनी भ्रमण गरेपश्चात् उ थान्तको सन्देशमा भनिएको थियो– ‘लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल हो, जुन अन्य धर्मको पवित्र स्थानसरह समान आधारमा उभिएको छ । गहिरो आध्यात्मिक र नैतिक मूल्यको प्रतीकका रूपमा पवित्र स्थलको संरक्षण गर्दै बुद्धले उपदेश दिएका र अभ्यास गरेका दुवै स्थानलाई आत्मीयता, मानवीय करुणा र सहिष्णुता प्राप्त गर्ने माध्यमका रूपमा यी स्थानलाई लिनुपर्छ । दुर्गम र पृथक रहेको यो स्थललाई पर्यटन केन्द्रका रूपमा सहज पहु“च र आकर्षक तीर्थस्थल बनाउ“दा धार्मिक र अन्य सुविधा सम्पन्न स्थलका रूपमा रूपान्तरण गर्न सकिने छ ।’ उहा“ले सन्देशमा गुरुयोजना कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय संघसंस्था र इच्छुक सरकारलाई आह्वान गर्दै भन्नुभएको थियो– ‘मैले सबैभन्दा योग्य ठानेको यो परियोजनाको कार्यान्वयन गर्न नगद, वस्तुगत रूपमा उदार योगदान गर्नुहुनेछ भन्ने आशा गरेको छु ।’

महासचिव थान्तको यही आहवानसंगै लुम्बिनी गुरुयोजना तयार भई कार्य अघि बढेको थियो । थान्तपछि कुर्ट वालहाइमले १९८१ को फ्रेबुअरीमा लुम्बिनीको भ्रमण तथा लुम्बिनी परियोजनाको निरीक्षण अवलोकन गर्नुभएको थियो । त्यतिबेला उहा“को भन्नुभएको थियो – ‘नेपाल सरकारको प्रयास र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा जापानका वास्तुविद् केन्जो टांगेको गुरुयोजना निर्माण भएको हो । यद्यपि, यी योजनालाई सफल बनाउन पूरक स्वैच्छिक योगदान आवश्यक पर्ने एक बिन्दुमा ध्यानाकर्षण भएको छ ।

लुम्बिनीका अतिरिक्त बुद्धले २९ वर्ष बिताएको तिलौराकोट, मावली र ससुराली तथा एक मात्र अस्तु धातु स्तूप रहेको रामग्राम र देवदहको एकीकृत विकासको ठोस योजना आजको आवश्यकता हो । त्यसैले सरकार, निजी संस्था र व्यक्तिले सबैभन्दा अघि बढेर योगदान गर्नेछन् भन्ने आशा लिएको छु ।’

त्यसयता १९८९ मार्चमा संयुक्त राष्ट्रसंघका महासचिव ह्याभियर पेरेज दी कोयारले लुम्बिनी भ्रमण गर्नुभएको थियो भने सन् २००८ नोभेम्बरमा महासचिव वान की मुनको लुम्बिनी भ्रमण भएको थियो । गुटेरेसले लुम्बिनी गुरुयोजना पूरा हुनेतर्फ चासो राख्दा कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र संघको भूमिका अपेक्षाकृत र महत्वपूर्ण रहेको बताउनुभएको थियो।

संयुक्त राष्ट्रसंघका महासचिवहरूको हालसम्म लुम्बिनी भ्रमण, चासो र चिन्तालाई बुझेर लुम्बिनी गुरुयोजनाको बा“की काम पूरा गर्न सके विश्वमा नेपालको उचाई र प्रतिष्ठा अझ वृद्धि हुने लुम्बिनी विकास कोषका पूर्व कार्यकारिणी सदस्य भिक्षु कौण्डन्यले बताउनुभयो । कोषका अनुसार गुरुयोजना पूरा गर्नको लागि ५ अर्ब रुपियाँ बराबरको कार्य बा“की रहेको छ । लुम्बिनीलाई प्राथमिकता दिएर यति रकम विनियोजित गर्ने हो भने गुरुयोजनाको काम चा“डै पूरा हुने कोषका पदाधिकारीहरू बताउ“छन् ।

लुम्बिनी भ्रमण गर्ने संयुक्त राष्ट्रका हालसम्मका महासचिवहरू
क्र.सं नाम साल
१. ड्याग ह्यामर्सोल्ड सन् १९५९ मार्च
२. ऊ थान्त सन् १९६७ अप्रिल
३. कुर्ट वालहाइम सन् १९८१ फेब्रुअरी
४. ह्याभियर पेरेज दी कोयारल सन् १९८९ मार्च
५. वान की मुन सन् २००८ नोभेम्बर
६. एन्टोनियो गुटेरेस सन् २०२३ अक्टुबर