सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भएकोमा आज एक हजार रुपैयाँले घटेको हो । मंगलबार पनि सुनको मूल्य पाँच सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १५ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ४५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३८५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।