भारतमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, २५ जना भन्दा बढी घाइते


काठमाडौं ।
भारतको आन्ध्र प्रदेशमा दुईवटा रेल आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने २५ जना भन्दा धेरै घाइते भएका छन्।

विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगडा चल्ने दुई रेल आपसमा ठक्कर खाँदा दुर्घटना भएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले रेल दुर्घटनाका मृतक र घाइतेको तत्काल उद्धार तथा राहतका लागि विभिन्न विभाग, स्वास्थ्य, प्रहरी, राजस्व लगायतका निकायलाई निर्देशन दिएका छन्।