‘ई-सेवाको कर्मचारी हुँ’ भन्दै १५ लाख भन्दा बढी ठगी गर्ने ५ जना पक्राउ

0
Shares

काठमाडौँ।

ई- सेवाको कर्मचारी हुँ’ भन्दै १५ लाख भन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

विभिन्न मोबाइल नम्बरहरूबाट फोन सम्पर्क आइडी बैंक खातासँग लिंकअप तथा खाता नविकरण लगायतका सेवा उपलब्ध गराउने भन्दै झुक्याएर रकम ठगी गर्ने गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा रौतहत गौर नगरपालिका-५ का २६ वर्षीय नवनित कुमार कुशवाहा, सोही वडाका २१ वर्षीय कन्हैया कुमार कुशवाहा, रौतहट गढिमाई नगरपालिका-६ का १९ वर्षीय दिपेन्द्र कुमार यादव, गौर नगरपालिका-५ का २० वर्षीय अभय कुमार यादव र सोही वडाका २१ वर्षीय रितेश कुशवाहा रहेका छन् ।

उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले कात्तिक ५ गते रौतहटका विभिन्न ठाउँबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।

उनीहरूविरूद्ध १५ लाख २० हजार ९ सय रुपैयाँ ठगी गरेको भन्दै १८ जनाले उजुरी दिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

सोही उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।