ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु


बाजुरा ।
ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका–६ जडांगाका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार साँफे मार्तडी राजमार्गमा पर्ने जडांगा नजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दानीको घटनास्थलमै मृत्यु भएको हो ।

एम के कन्ट्रक्सनको कम्पनीमा कार्यरत कर्मचारी दानीले चलाएको सुदुरपश्चिम प्रदेश ०१ ००२ त ६८२६ ट्याक्टर अनियन्त्रित भइ सडकबाट २० मिटर तल खसेर दानीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिंह भण्डारीले बताए । ईन्सपेक्टर भण्डारीका अनुसार ट्याक्टर चालक दानीले मदिरा सेवन गरेकोले ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको हो ।