काठमाडौं ।
नेपाली सेनाको आयोजनामा स्वदेशी तथा विदेशी टिमहरुको सहभागितामा सिओएस इन्टरनेशनल ट्राई एडभेञ्चरको छैटौँ संस्करण आज सम्पन्न भएको छ ।
धादिङको बैरेनीदेखि चरौदीसम्म सञ्चालन भएको उक्त प्रतियोगिताअन्तर्गत ६.७ किलोमिटर दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटर र्याफटिङ समावेश भएको थियो ।
प्रतियोगितामा नेपाली सेनाका एउटा महिला टोलीसहित चार समूह, भारतीय सेनाका दुई समूह, बेलायत र अमेरिकाका एक–एक समूूह गरी २१ टोलीका ८४ जना खेलाडीले भाग लिएका थिए । प्रतियोगितामा नेपाली सेनासहित स्वदेशी १७ र चार वटा विदेशी टोलीबीच भएको स्पर्धामा त्रिभुवन आर्मी क्लबको ए टीम प्रथम भएको छ ।
उक्त समूहले ४३.७ किलोमिटरको तीन विधाको प्रतिस्पर्धा दुई घण्टा १२ मिनेट २३ सेकेण्डमा पूरा गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाकै त्रिभुवन आर्मी क्लबको ए टीमले दुई घण्टा १४ मिनेट २३ सेकेण्डमा सो दूरी पूरा गरेर दोस्रो स्थान हासिल गरेको छ ।
नेपाली सेनाको महिलाको टोलीले भने सोही स्पर्धा दुई घण्टा ५७ मिनेट ११ सेकेण्डमा पूरा गरेर महिलातर्फ पहिलो स्थान हासिल गरेको छ । युनाटेड फिक्कल माउन्टेन बाइक स्क्वाड सोही दूरी तीन घण्टा ३४ मिनेट ५ सेकेण्डमा पूरा गरेर दोस्रो भएको छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार २०७१ सालदेखि प्रारम्भ भएको उक्त प्रतियोगितामा २०७४ मा विदेशी टोली पनि सहभागी हुन थालेको हो । यसअघिका स्पर्धामा बङ्गलादेश, पाकिस्तान, मालदिभ्स र श्रीलङ्काली टोलीले पनि भाग लिएका थिए ।
प्रतिक्रिया