स्वास्थ्यमा सुधार भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई जनरल वार्डमा सारियो

0
Shares

काठमाडौं ।

बेइजिङ भ्रमणको क्रममा हृदयाघात भइ पेकिङ्ग युनियन अस्पतालमा उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ ।

उनको स्वास्थ्यमा राम्रो सुधार भएकाले शुक्रबार बिहान आईसीयूबाट जनरल वार्डमा सारिएको हो । छोटो भिडियो कुराकानीको क्रममा श्रेष्ठ स्वयंले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताएका छन् ।

बीआरआईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई गत बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो । अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकातर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको थियो ।

बीआरआईको कार्यक्रममा सहभागी भएर शुक्रबार नेपाल फर्किने कार्यक्रम रहे पनि बिरामी भएकाले उनको चीन बसाइ लम्बिएको छ ।