मनासलु पुगेका तीन पर्यटक बिरामी, हेलिकप्टरमार्फत उद्धार

0
Shares

गोरखा ।

उत्तरी गोरखाको मनासलु क्षेत्र पुगेका तीन पर्यटक बिरामी परेका छन्। बिरामी भएका तीन जना पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

मंगलबार एयर डाइनेस्टीको हेलिकप्टरमार्फत उनीहरुलाई उद्धार गरी काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए।

सिरानचोक गाउँपालिका-३ हर्मीका बसन्त घिमिरे, चितवन भरतपुरका कपिल घिमिरे र सुवोध अर्यालको उद्धार गरिएको बताइएको छ। मनासलु क्षेत्रको पदयात्रामा रहेका उनीहरु चुमनुव्री गाउँपालिका–१ साम्दो पुगेपछि लेक लागेर बिरामी भएका थिए।