इजरायल युद्ध : थप दुई क्यानेडियनको मृत्यु भएको पुष्टि

0
Shares

टोरोन्टो ।

प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको युद्ध जारी छ । इजरायलले अहिले गाजापट्टीको भुमीमा हवाई र जमिन दुवैतर्फवाट आक्रामण गरिरहेको छ ।

यसैबिच, क्यानडाका अधिकारीहरूले गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा दुई क्यानेडियनको मृत्यु भएको पुष्टि गरेका छन । इजरायली–क्यानेडियन नेट्टा एपस्टेनलाई र उनको घरमा हमास लडाकुहरूले आक्रमण गर्दा मृत्यु भएको हो ।

टोरन्टोस्थित इजरायली वाणिज्य दूतावासका अनुसार उनले आफ्नो मंगेतरलाई गोली र ग्रेनेडबाट जोगाउँदै थिए, त्यहीबेला उनीहरुलाइ गोली हानियो र घटनास्थलमा नै उनीहरूको मृत्यु भएको हो ।