फस्ट लुकमा चिठ्ठी



एरा प्रोडक्सनले फिल्म चिठ्ठीको फस्ट लुक सार्वजनिक गरेको छ।

कमला जोशीको निर्माणमा माधवराज खरेलको लेखन र निर्देशनमा बनेको फिल्ममा सञ्जित भण्डारी, खड्गबहादुर पुन मगर खबपु, गोपाल ढकाल छन्दे, नवराज थापा, मुस्कान लामा, प्रवन भुसाल, कञ्चन चालिसे, नम्रता खरेल पौडेल, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपूत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारले अभिनय गरेका छन्।

सरोज कोइराला र राजेन्द्र बजगाईंको संगीत, किरण दाहालको द्वन्द्व निर्देशन, जीवन पराजुली र राजन खरेलको छायांकन तथा अच्युत बजगाईं र माधव खरेलको सम्पादन रहेको फिल्म आगामी वर्ष रिलिज गरिने निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्