डिएसपी बेदराज जोशीलाई नेपाल प्रताप सुभुषण पदक

0
Shares

काठमाडौं ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ६८औँ प्रहरी दिवसका  अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई सम्मानपत्र, कदरपत्र, पुरस्कार एवं विविध अलङ्कार तथा पदक प्रदान गरे । सोही अवसरमा प्रहरी नायब महानिरिक्षक बेदराज जोशी पुरस्कृत भएका छन् ।

प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरको हातबाट उनले नेपाल प्रताप सुभुषण पदक पाएका हुन् । यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत रहेका जोशी हालै प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् । वडा प्रहरी कार्यालय बैदाको प्रमुख रहँदा जोशीले उत्कृष्ठ सेवा गरेबापत पदक प्राप्त हुन् ।