मेलामा गोली चल्दा तीन जना घाइते

0
Shares

एजेन्सी ।

टेक्सासको डलासमा चलिरहेको मेलामा शनिबार राति भएको गोलीकाण्डमा तीन जना घाइते भएका छन् । स्थानीय समय अनुसार बेलुका ८ नबज्दै खाद्य परिकार स्थल नजिकै भएको गोलीकाण्डमा शङ्कास्पद देखिएका एक व्यक्तिलाई हिरासतमा राखिएको डलास प्रहरी विभागले जनाएको छ।

अधिकारीहरूले गोली चलेको खबर पाए लगत्तै सो पार्क खाली गर्न घटनास्थलमा पुगेका थिए। एक व्यक्तिले अर्का व्यक्तिलाई गोली हानेर तीन जना घाइते बनाएको प्रारम्भिक अनुसन्धानले देखाएको डलास प्रहरीले जनाएको छ । घटनाको छानबिन भइरहेको छ ।