कोशी प्रदेश- मुख्यमन्त्री कार्कीको शपथ अगावै राना र राई मन्त्रीका आकांक्षी



काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

उनले आज (आइतबार) दिउँसो २ बजे शपथ लिने कार्यक्रम तय गरिएको छ ।

मुख्यमन्त्री कार्कीले शपथ लिएलगत्तै कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर रानालाई मन्त्री पदमा नियुक्त गर्नेछन् ।

कांग्रेस संस्थापनइतर पक्षबाट विद्रोह गरेका ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा कार्की गत शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्