कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज शपथ लिने



काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराउनेछन् ।

मुख्यमन्त्रीको सपथ ग्रहणका लागि आज दिउँसो २ बजेको प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोह राखिएको कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिए ।

आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने मुख्यमन्त्रीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्