नेपाली काँग्रेस रुपन्देही २ को सभापतिमा गिरी र सहसचिवमा अर्याल निर्वाचित



बुटवल। 

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ को शनिवार भएको क्षेत्रीय सभापति र सहसचिवको निर्वाचनमा सभापतिमा प्रजापाल गिरीले ३४६ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वान्दी पर्शुराम ढकालले २४५ मत पाए । गिरी १०१ मतान्त्ररणले विजयी हुनु भएका हुन् ।

 त्यस्तै सहसचिवमा संगिता गौतम अर्याल २९७ मतका साथ विजयी भएकी छन् । भने विष्णु चापागाईले २८९ मत पाए ।मुलुकभरी देखापरेको गुट उपगुटले गर्दा नेपाली कांग्रेसमा मात्र नभई मुल प्रवाहमा रहेका दलहरुमा आम जनताको वितृष्णा उत्पन्न भएको छ ।

दलहरुमा देखिएको गुटगत राजनितीले संघियतामाथि  नै शंका उत्पन्न हुन थालेको छ । यतीमात्र होईन प्रमुख दलहरुको विकल्प खोज्न जनताहरु लालाहित भएका छन । सोही मारमा रुपन्देहीमा पनि नेपाली कांग्रेसले सोही हालत देखाएको छ । क्षेत्र नं. २ को शनिवार भएको सभापतिचयनको उपनिर्वाचनमा संस्थापन तर्फवाट युवा नेता  प्रजापाल गिरी र संस्थापन ईतर समुहवाट पर्शुराम ढकालले खुल्लम खुल्ला गुटगत रुपमा उम्मेदवारी दर्ता गरेसंगै जनतामा थप निरासा छाएको छ ।  निर्वाचन सम्पन्न गर्न खटिएका  प्रमुख निर्वाचन आयुक्त रविकुमार रायमाझीले  ६ सय ७४ जना मतदाता रहेकोमा ६१३ जनाले मतदानमा सहभागिता जनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्