इजरायलबाट विद्यार्थी ल्याएकोमा ओलीले दिए सरकारलाई धन्यवाद

0
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई धन्यवाद दिएका छन् ।

प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायलबीच जारी द्वन्द्वमा फसेका नेपालीलाई स्वदेश फर्काएपछि एमाले अध्यक्ष ओलीले धन्यवाद दिएका हुन् ।

‘इजरायलमा रहेका नेपाली विद्यार्थीहरू हिजो २५३ जना नेपाल फर्केका छन् । युद्धग्रस्त क्षेत्रमा त्रासमा रहनु ज्यादै पीडादायी हुन्छ,’ ओलीले भनेका छन, ‘नेपाली विद्यार्थीलाई काठमाडौ फर्काउन पहल गरेकोमा सरकारलाई धन्यवाद !’

परराष्ट्र मन्त्री एनपी साउद आफै गएर गएराति २ सय ५३ जना विद्यार्थीलाई स्वदेश ल्याएका थिए ।