माछापुच्छ्रे बैंकले १ कराेड बढी संस्थापक सेयर बेच्दै

0
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् ।

संस्थापक सुरेन्द्र महतोले आफ्नो नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको भाउ भने तोकिएको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (असोज २५ गते) बाट ३५ दिनभित्र माछापुच्छ्रे बैंकको प्रधान कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।