राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

0
Shares

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दैछ ।

संङघीय संसद् भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।

संङघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७९/८९ को वार्षिक प्रतिवेदन’ सभासमक्ष प्रस्तुत गर्ने छिन् ।

रमेशजंग रायमाझीले राष्ट्रियसभा नियमावली, २०७५ संसोधन मस्यौदा समितित गठन सबन्धी प्रस्ताव प्रस्तुत गर्ने तथा प्रकाश पन्थले अपाङ्गता भएका ब्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राइले ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०’ बैठकसमक्ष प्रस्तुत गर्नेछन् ।

साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘विधानय सम्बन्धी विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।