अभिषेक फिलिपिन्सको स्पर्धामा भिड्दै



चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३ अभिषेक चुडाल फिलिपिन्समा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता एमआई (मिस्टर इन्टरनेसनल) मा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्न शनिबार राति त्यसतर्पm लागेका छन्।

काठमाडौंको मूलपानीका २५ वर्षीय चुडाल उनी ग्रुप अफ इभेन्ट इन्टरटनेर्सबाट मिस्टर इन्टरनेसनल नेपाल २०२३ छनोट भएका थिए। हिमालयन एयरलाइन्समा क्याबिन त्र्mयुका रूपमा कार्यरत ६ फिट अग्ला अभिषेकले बिजनेस एडमिनिस्ट्रेसन एन्ड ट्राभल एन्ड टुरिजममा ब्याचलर गरेका छन्। आगामी अक्टोबर आठदेखि २२ तारिखसम्म फिलिपिन्समा हुने मिस्टर इन्टरनेसनल २०२३ मा विभिन्न ३५ देशका पुरुषले स्पर्धा गर्नेछन्। प्रतियोगितामा अभिषेकले राष्ट्रिय पोशाक, सुटलगायत नेपाली पहिरन प्रदर्शन गर्ने बताए।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्स एमआई (मिस्टर इन्टरनेसनल) को आरम्भदेखि फ्रेन्चाइज होल्डर रहेकोले मिस्टर इन्टरनेसनल नेपाललाई सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउ“दै आएको र अभिषेकको सहभागिता त्यसकै निरन्तरता रहेको इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले जानकारी गराए। अनुपका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि फिलिपिन्सको तयारी पुरण जोशी, प्रवीणराज जोशी र सुजन जंगमले गरेका छन् भने लोकेसन नेपालका गौतम धिमालले फोटो सुट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्