प्रधानमन्त्री भोलि भूकम्प प्रभावित बझाङ जाने

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन् ।

प्रधानमन्त्री मंगलबार गएको भूकम्पको केन्द्रविन्दु रहेको बझाङ जाने कार्यक्रम तय भएको उनको सचिवालय जनाएको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार बझाङ जाने कार्यक्रम भोलि (शुक्रबार)का लागि तय गरिएको हो ।