वीरगन्ज भन्सारबाट निर्यात बढ्दा आयात निकै कमजोर



वीरगन्ज । चालू आर्थिक बर्षको दुई महिनाका अवधिमा वीरगन्ज भन्सार नाका हुँदै नेपालबाट बाहिरिने सामानको तुलनामा भारत सहित तेश्रो मुलुकबाट आयात हुने सामान ह्वात्तै बढेको छ । वीरगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षको भदौसम्म्ममा जम्मा ९ करोड,९६ लाख, ८९ हजार ६सय १० रुपैँया बरावरको सामान आयात हुँदा यही अवधिमा जम्मा ५२ लाख,९३ हजार ८ सय २४ रुपैयाँका सामान मात्रै निर्यात भएको छ ।

गएको आर्थिक बर्षको यही अवधिमा भने यो नाकाबाट १२ करोड,१० लाख,६३ हजार ६सय ६८ रुपैयाँको आयात हुँदा ७ करोड,५ लाख,७ हजार ५ सय ६३ रुपियाँ बरावरको सामान निर्यात भएको थियो । चालु आर्थिक बर्षको भदौमा मात्र पाँच करोड,१३ लाख, ९३ हजार ५ सय ९३ रुपियाँको आयात हुँदा २८ लाख,१४ हजार,६सय ८७ रुपियाँको निर्यात भएको छ ।

चालु आर्थिक बर्षको दुई महिनामा भने नौं करोड, ४३ लाख,९५ हजार, ७ सय ८५ रुपियाँको ब्यापार घाटा भएको छ भने यो अवधिमा दश करोड, ४९ लाख, ८३ हजार, चार सय ३४ रुपियाँको बैदेशिक कारोबार भएको पनि वीरगन्ज भन्सार कार्यालयको विवरणमा उल्लेख छ । यो अवधिमा पनि सबैभन्दा बढी डिलेज नै आयत भएको छ भने निर्यातसम्म फलफुलको जुस नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्