देउराली सहकारीका सञ्चालकको सम्पत्ति लिलाम हुँदै



काठमाडौं । देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई सञ्चालक रहेका कम्पनीले ऋण नतिरेपछि प्रभु बैंकले ऋणी तथा जमानीको धितो लिलाम गर्ने भएको छ । चौलागाई साविकको सेञ्चुरी कमर्सियल बैंकबाट लिएको कर्जा र त्यसको साँवा ब्याज भुक्तानी गर्न ७ दिनभित्र धितो लिलाम गर्ने भएको हो ।

चौलागाई र उनका आफन्तले पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिको नाम लिएको ऋण नतिरेपछि प्रभु बैैंकले चौलागाईले लिलामी प्रक्रिया अगाडि बढाएको छ । सेञ्चुरी कमर्सियल बैंक प्रभुमा गाभिएपछि प्रभुले लिलामी प्रक्रिया अगाडि बढाएको हो ।

प्रभु बैंकले चौलागाईको नाममा रहेको ललितपुर सैबुको कित्ता नम्बर १३०९ को ४ आना, कित्ता नम्बर १३१४ को ४ आना र कित्ता नम्बर १३१६ को ४ आना जग्गा र जग्गामा रहेको घर लिलामी गर्ने भएको छ ।

यस्तै झापाको शिवगञ्जको कित्ता नम्बर क्रमशः २२७४ १०१६७ १०१८९, १०१९०, १७८४११५९९९, २१७८४३ को क्षेत्रफल क्रमशः ६ बिघा, १० बिघा, १५ बिघा ११ कठ्ठा, ११ बिघा १७ कठ्ठा, ७ बिघा १६ कठ्ठा ५० धुर, १ बिघा १२५ कठ्ठा र ७ बिघा १४ कठ्ठा जग्गा र उक्त जग्गामा रहेको घर लिलाम गर्ने भएको छ । ललितपुर उपमहानगरपालिका–६ स्थित कित्ता नम्बर क्रमशः ९७४ ९७५ र ९७६ मा रहेको क्रमशः ४ आना ३ दाम, २ आना १५ दाम र २ आना १५ दाम भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ स्थित सिट नम्बर १०२११५०१५ स्थित कित्ता नम्बर १७२ को क्षेत्रफल २९२.१४ वर्ग मिटर र सोही वडाको सिट नम्बर १०२११५०१४ स्थित कित्ता नम्बर १७५ को क्षेत्रफल २४८.४३ बर्ग मिटर जग्गा र त्यसमा बनेको घर लिलाम गर्ने बैंकले जनाएको छ ।

यसैगरी चौलगाईको नाममा ललितपुर सुनाकोठीस्थित कित्ता नम्बर क्रमशः १०५७, ६०२, १०५५ र ११९९ को क्षेत्रफल क्रमशः ७ आना, ६ आना, ७ आना र ३ आना जग्गा, पूजा खत्री चौलागाईको नाममा सुनाकोठीको कित्ता नम्बर १०२९ र १०२६ को ३ दाम र ४ आना १ पैसा ३ दाम जग्गा र त्यसमा बनेको घर लिलाम गर्ने भएको छ । त्यस्तै पूजा खत्री चौलागाईको नाममा ललितपुर जिल्ला तत्कालिन हरिसिद्धी गाबिस– ५ कित्ता नम्बर ३७१ को ८ आना जग्गा र त्यसमा बनेको घर, पूजा खत्री चौलागाई र रवीन्द्र चौलगाईको संयुक्त नाममा काठमाडौंको मच्छेगाँउस्थित कित्ता नम्बर २३१ मा रहेको ३ रोपनी १३ आना २ पैसा र २३३ को २ आना २ पैसा जग्गा, शशि खत्रीको नाममा ललितपुर उपमहानगरपालिका–५ स्थित कित्ता नम्बर ६३२ को ४ आना १ पैसा २ दाम जग्गा र त्यसमा बनेको घर लिलामी गर्ने भएको छ ।

त्यस्तै पूजा खत्री चौलागाईको नाममा ललितपुर उममहानगरपालिका–५ स्थित कित्ता नम्बर ५०२ को क्षेत्रफल ६ आना १ पैसा जग्गा त्यसमा बनेको घर, धापाखेल गाबिस– १ को कित्ता नम्बर क्रमशः ५६४४ र ५१७६ को क्षेत्रफल ८ आना २ पैसा १ दाम र ४ आना १ दाम जग्गा र त्यसमा बनेको घर, र राजेन्द्र खत्रीको नाममा भक्तपुर नगरपालिका–४को कित्ता नम्बर ८०० को ९ आना जग्गा र त्यसमा बनेको घर, राजेन्द्र खत्रीकौ नाममा भक्तपुरको नंखेलस्थित कित्ता नम्बर ५४७, ५४६, ४५०, २१९१ र १२७२ को क्रमशः २ रोपनी ७ आना, १ रोपनी ९ आना, १२ आना, १४ आना १ पैसा, १ रोपनी ३ आना १ पैसा जग्गा र त्यसमा बनेको घर लगायत लिलामी गर्ने भएको छ ।

यसैगरी राजेन्द्र खत्रीको नाममा काभ्रेपलाञ्चोकको पाँचखालस्थित २४३९ २४९७ २४९६ र २४४० कित्ता नम्बरको क्रमशः १ रोपनी, १४ आना १ पैसा, १ रोपनी ९ आना ३ पैसा र ५रोपनी २५ दाम जग्गा र त्यसमा रहेको घर, अन्नपूर्ण डिष्टिलरीको नाममा सुनसरीको कुसाहास्थित कित्ता नम्बर २५ र २६ को क्रमशः १६ कठ्ठा, ५ धुर, १ बिघा १६ कठ्ठा १० धुर र वडा नम्बर ८ मा रहेको कित्ता नम्बर ११२ को १४ कठ्ठा जग्गा र इनरुवा नगरपालिकास्थिते कित्ता नम्बर १४६० को को २ कठ्ठा जग्गा पनि लिलामी गर्ने बैंकले जनाएको छ । त्यसबाहेक चौलागाईको प्रदेश ३–०१–०२४ च १५२५ नम्बरको टोयोटा प्राडो कार पनि बैंकले लिलामी गर्ने भएको छ ।

याे पनि

देउराली सहकारीद्वारा ७ अर्ब ठगी

प्रतिक्रिया दिनुहोस्