अभिनेता अनमोल केसी पक्राउ

0
Shares

काठमाडौं ।

अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार उनलाई भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोलीले पक्राउ गरेको हो।
कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार केसीले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
जाहेरीकर्ता सुप्रिया कटवाल थापाले केसीले रावायण नामक फिल्म खेल्नका लागि एक करोडभन्दा बढी पैसा लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी दिएकी थिइन्।