अरनिको बसपार्क नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश

0
Shares

काठमाडाैं ।

उच्च अदालत पाटनले अरनिको यातायात प्राइभेट लिमिटेडले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन अल्पकालीन आदेश दिएको छ।

पूर्व अरनिको यातायात प्रा.लि.ले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश गोकर्ण डाँगीको इजलासले शुक्रवार अल्पकालीन अन्तरिम आदेश दिएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले एउटा महानगरमा २ वटा बसपार्क नचाहिने भन्दै भत्काउने चेतावनी दिएका थिए । अब तत्कालका लागि बसपार्क भत्काउन वा त्यहाँ रहेका संरचनामा कुनै क्षति पुर्‍याउन नमिल्ने भएको छ ।

निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरूको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरूलाई तोडफोड गर्ने तथा भत्काउने कार्यान्वयन नगर्नू, नगराउनू,आदेशमा भनिएको छ ।