मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न गरेको छैन : अध्यक्ष नेपाल

0
Shares

काठमाडौँ ।

सत्ता साझेदार दल नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्ने प्रयत्न नगरेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न नगरेको बताएका हुन् । उनले दैनिक उपभोग्य वस्तुहरुको अन्धाधुन्ध रुपमा मूल्यवृद्धि भइरहेको बताए ।

मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदापनि मूल्यवृद्धि भइरहेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले मूल्यवृद्धि नियन्त्रणको सम्बन्धमा एकीकृत समाजवादीले संसद चल्दा संसदमा आवाज उठाइरहेको र संसद नहुँदा पनि विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइरहेको बताए ।

अध्यक्ष नेपालले माईतीघर मण्डलामा आन्दोलनरत शिक्षकहरुको न्यायोचित र जायज मागहरु पूरा गर्नुपर्ने बताए । उनले आवश्यक कुराहरु विधेयक संशोधन गरेर वा नीतिमा मिलाएर शिक्षकहरुलाई न्याय प्रदान गर्नुपर्ने बताए ।

अध्यक्ष नेपालले पार्टीको समाजवादी जागरण अभियान अन्तर्गत पार्टी संगठनलाई परिचालित र संगठित गर्दै जनताको कुरा सुन्ने बताए ।