मल्ल. के सुन्दरको कुमारी उपन्यास बजारमा



काठमाडौं ।

वरिष्ठ उपन्यासकार मल्ल के. सुन्दर छैटौं उपन्यास कुमारी बजारमा आएको छ । एड्जोन प्रा.लिले प्रकाशन गरेको नेपाल भाषामा लेखिएको सो उपन्यास इन्द्रजात्राको अवसरमा विहीबार लोकापर्ण गरिएको थियो।

खुसिबुँमा आयोजित एक समारोहकाबीच पाँच जना पूर्वकुमारीहरुले सो उपन्यासको लोकापर्ण गरेका थिए। सो उपन्यास जिवितदेवी कुमारीको विषयमा जोडिएको मिथ, कथा र आख्यानमा आधारित रहेको छ । उपन्यासमा कुमारीलाई राष्ट्रिय हितका लागि आफ्नो प्रेमलाई समेत बलिदानी दिएर रणसंग्राममा उत्रिएका विराड्डना र साहसी नारीको रुपमा चित्रण गरिएको छ ।

कुमारीले सिंगो नेपालमण्डलको हितको लागि युद्धस्थलमा उभिएको बेला त्यसको विपक्षमा उभिएका आफ्ना प्रेमी चण्डासुरलाई प्रतिकार गर्नुपूर्व मनमा उत्पन्न अन्तरद्वन्द्वलाई पुस्तकमा सजिव ढंड्डले प्रस्तुत गरिएको छ ।

प्रेमी चण्डासुर युद्धमा ढलेपछि कुमारीले जीवनभर विवाह नगर्ने प्रतिज्ञा गर्छिन् ।युद्ध विजयपछि सबैले कुमारीको जयजयकार गर्दै इन्द्रजात्राको दिन कुमारीको रथ तान्ने क्रममा नारीहरुप्रति अभद्र व्यवहार गरिरहेको दृश्यले कुमारीको आँखामा आँसुको धारा बगिरहेको दृश्य उपन्यासको अन्तिम खण्डमा वर्णन गरिएको छ ।

पुस्तकको समिक्षा गर्नेक्रममा साहित्यकारहरुले नेपालमण्डलमा प्रचलित देवीदेवीताको कथामा आधारित र केही कल्पनामा आधारित भएपनि यो उपन्यासमा घटनाक्रम जीवन्त वर्णन गरिएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्